काठमाडौं । महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई नेपालस्थित चिनियाँ राजदूतावासले २३ वटा मोटरसाइकल प्रदान गरेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदूतावासका फर्स्ट सेक्रेटरी वाङ जिओ लङले मोटरसाइकल हस्तान्तरण गरेका हुन् । सो अवसरमा वाङले महानगरीय प्रहरी कार्यालयस्थित परिचालन कक्ष र सिसिटिभी कक्षको अवलोकन भ्रमण समेत गरेका थिए ।
प्रहरी नायव महानिरीक्षक क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तीव्रता आउने विश्वास व्यक्त गर्दै उक्त सहयोगका लागी चिनियाँ राजदुतावासलाई धन्यवाद व्यक्त गरे ।
दूतावासले प्रदान गरेको मोटरसाइकल ५६ लाख ३२ हजार ७०० रुपैयाँको रहेको जनाकारी दिइएको छ । मोटरसाइकललाई आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने समेत उनले जानकारी दिए ।
0 Comments