काठमाडौंः नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी छ्टिटै जेलबाट बाहिर आउने बताउनु भएको छ । बुधवार टुँडीखेलमा आयोजित माघी कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केही समय पछि रेशम चौधरी जेल मुक्त हुने दाबी गर्नु भएको हो । प्रचण्डको दाबीलाई विश्वास गर्ने हो भने, रेशम चौधरी आबद्ध पार्टी राजपा नेपाल र नेकपाबीच आन्तरिक रुपमा विशेष छलफल भई रहेको सजिलै बुझन सकिन्छ । यता, राजपा नेपालले पनि नेकपाका शिर्ष नेतासँग रेशम चौधरीको रिहाई र संविधान संशोधनको मागलाई शर्तको रुपमा अगाडि सारेका छन् । यस सन्दर्भमा अहिले आएको प्रचण्डको यो भनाईमा एक हदसम्म सत्यता रहेको अनुमान गर्न सकिन्छ ।
प्रचण्डले के भने ?
सम्बोधनका क्रममा अध्यक्ष ‘प्रचण्ड’ले आफूलाई १७ हजार मानिस मारेको झूटो आरोप लगाइँदै आइएको बताए । माघी महोत्सवमा अध्यक्ष प्रचण्डले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको समेत बताए । उनले सत्य कुरा हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेको भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको बताए ।
राज्यले मारेका मानिसहरुको पनि आफ्नै टाउकोमाथि हाल्ने गरेको भन्दै उहाले नगरेको कामको पनि दोष लगाइएको बताए ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले रेशम चौधरी छिट्टै छुट्ने दावी समेत गरे । उनले सम्बोधनका क्रममा झूटा मुद्दा लगाएकाहरुलाई छुटाउन आफ्नो प्रयास जारी रहेको भन्दै रेशम चौधरीलाई छुटाएरै छाड्ने बताए ।
अध्यक्ष प्रचण्डले टीकापुर घटना, रेशम चौधरी वा थारु समूदायका समस्याबारे आफू जानकार रहेको भन्दै अझै पनि त्यसका लागि सहयोग जारी रहने प्रतिवद्धता दोहोर्याए ।
समस्याहरु समाधान गर्न अझैपनि संवाद र शान्तिपूर्ण आन्दोलनको बाटोबाट अघि बढ्न जरुरी रहेको अध्यक्ष प्रचण्डले बताए । – रातो पाटीबाट
0 Comments